मुख्य सामग्रीमा जानुहोस्

राजनीति

'ओलीको कस्मेटिक र फेक स्टोरी टेलिङले जनता वाक्क थिए' : उषाकिरण तिमिसिना

माले नेत्री उषाकिरण तिमिसिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै महासचिवलाई बैठक सञ्चालन गर्न नदिएको विषयलाई गम्भीर घटना भनेकी छन्।

दृष्टि टाइम्स संवाददाता

11 घण्टा अगाडि

'ओलीको कस्मेटिक र फेक स्टोरी टेलिङले जनता वाक्क थिए' : उषाकिरण तिमिसिना

नेकपा एमालेकी नेत्री उषाकिरण तिमिसिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तिमिसिनाले ओलीको 'कस्मेटिक' र 'फेक स्टोरी टेलिङ' बाट जनता मात्र नभई पार्टीका कार्यकर्तासमेत वाक्क–दिक्क रहेको दाबी गरेकी छन्।

उनका अनुसार चुनावपछि सुझाव कार्यदलले गरेको छलफलमा ओलीको हस्तक्षेप भए पनि कार्यकर्ताहरूले भुइँतहका समस्या र आफ्ना धारणा खुलेर राखेका थिए। ती विषय समेटेर प्रतिवेदन तयार पारिए पनि ओलीले त्यसलाई अस्वीकार गरेको तिमिसिनाको भनाइ छ।

उनले महासचिवलाई बैठक सञ्चालन गर्न नदिएको विषयलाई समेत गम्भीर घटनाका रूपमा टिप्पणी गरेकी छन्। यसबाट एमालेका नेताहरू पनि असन्तुष्ट भएको हुनसक्ने उनको दाबी छ।

तिमिसिनाले ओलीको पछिल्लो कार्यशैलीलाई राणाकालीन अभ्याससँग तुलना गर्दै निरन्तरको 'ब्याक गियर'ले अगाडि पुग्न नसकिने टिप्पणी गरेकी छन्।

उनको भनाइ छ, "जनतालाई निराश बनाएर पुगेन? कार्यकर्ताहरूलाई वाक्क बनाएर पुगेन? अब नेताहरूको पनि हुर्मत लिएर गुण्डुका ओली कहाँको उडान भर्दै छन्?"

अन्त्यमा उनले ओलीलाई सम्बोधन गर्दै लेखेकी छन्, "माफ पाऊँ ओली कमरेड, निरन्तरको 'ब्याक गियर'ले अगाडि पुगिँदैन।"

सम्बन्धित समाचार

keyboard

ट्रेन्डिङ

01