र्वाचन आयोगले राष्ट्रपति पौडेललाई बुझायो वार्षिक प्रतिवेदन
काठमाडौं, १५ असोज । निर्वाचन आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन् ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा प्रतिवेदन बुझाइएको हो । प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले प्रतिवेदन बुझाएको हो ।
संविधानले निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।





