राहदानी विभागको सर्भर डाउन, इन्टरनेट समस्याले सेवा प्रभावित
काठमाडौं, १५ असोज । त्रिपुरेश्वरस्थित राहदानी विभागको सर्भर डाउन भएको छ । इन्टरनेटमा समस्या देखिएका कारण विभागबाट दिइने सेवा प्रभावित भएको कर्मचारीहरूले बताएका छन् ।
विभागका एक उच्च अधिकारीका अनुसार इन्टरनेटमा समस्या देखिएपछि त्यसलाई मर्मत गर्न सुबिसुका कर्मचारीहरू विभागमा आएका छन् ।
उनका अनुसार इन्टरनेटमा समस्या आउँदा बायोमेट्रिक लगायतका काम प्रभावित भएका छन् । यद्यपि, अफलाइनमा गर्न सकिने अन्य काम भने सामान्य रूपमा भइरहेको उनले जानकारी दिए ।
यो समाचार तयार पार्दासम्म राहदानी विभागले सर्भर डाउन भएको वा सेवा कहिले सामान्य हुने भन्ने बारेमा औपचारिक रूपमा केही जानकारी दिएको छैन ।
राहदानीसम्बन्धी काम बाँकी रहेका वा समय लिएका सेवाग्राहीले विभाग जानुअघि विभागको आधिकारिक सूचनामा नजर राख्नु उपयुक्त हुनेछ ।

