मुख्य सामग्रीमा जानुहोस्

राजनीति

प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दै

संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गर्दैछन्। उनी बिहीबार महासभालाई सम्बोधन गर्नेछन्।

दृष्टि टाइम्स संवाददाता

11 घण्टा अगाडि

प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रको उच्चस्तरीय सप्ताहमा भाग लिन आज (मंगलबार) नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्दैछन्।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४:१५ बजेको उडानबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नेछन्। उनी महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (बिहीबार) सम्बोधन गर्नेछन्, र न्यूयोर्कमा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। बालेनको प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो।

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियारलगायत वरिष्ठ अधिकारीहरू सहभागी छन्। परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली भने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट र मन्त्रीस्तरीय संलग्नतामा भाग लिन आइतबारै न्यूयोर्क पुगिसकेको छ, जहाँ उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन राष्ट्रसंघीय महासभामा सहभागी भएपछि शुक्रबार (असोज १०) स्वदेश फर्किनेछन्, जबकि परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल फर्किने कार्यक्रम छ।

# Balendra Shah

# Antonio Guterres

# Nepal Foreign Affairs

# UN General Assembly

# New York

# Shishir Khanal

# Nepal Prime Minister

#PM Balen

सम्बन्धित समाचार

keyboard

ट्रेन्डिङ

01